रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर

 फागुन १९, २०७५ आइतबार १०:४२:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार शुक्रबारको तुलनामा विदेशी मुद्राको भाउ केही पैसाले बढेको छ ।  

नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा छ । यस्तै आज आइतबार कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर ३ सय १६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७५ पैसा छ । आइतबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया