इलाममा करेन्ट लागेर युवकको ज्यान गयो

 फागुन १९, २०७५ आइतबार १७:५९:४८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा आइतबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

इलाम नगरपालिका वडा नम्बर-८, धोबीधारामा रहेकाे प्रेम गौतमको घरमा डेरा गरेर बस्दै आएका संगिन लिम्बूको करेन्ट लागेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

फिदिम नगरपालिका वडा नम्बर-१२ का मृतक १९ वर्षीय लिम्बू गौतमको घरको छतमा लत्रिएको तारबाट करेन्ट लाग्दा घाइते भएका थिए । घाइते लिम्बूको जिल्ला अस्पताल इलाममा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो । 

 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया