कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
भारत-पाकिस्तानजस्तै बलिउड र क्रिकेटको सम्बन्ध पनि एकदमै पुरानो हो । भारत र पाकिस्तानको सम्बन्ध बिग्रिँदै गएको भए पनि पाकिस्तानी क्रिकेटरको बलिउड सुन्दरीसँगको प्रेमको चर्चा भने सधैँ भइरहन्छ । तत्कालीन समयमा चर्चामा रहेका यी पाँच पाकिस्तानी क्रिकेट खेलाडीको मायामा फसेका थिए बलिउड अभिनेत्रीहरु ।
जीनत अमान - इमरान खान
पाकिस्तानका अहिलेका प्रधानमन्त्री इमरान खान एक अग्रज क्रिकेटर मानिन्छन् । तीन विवाह गरिसकेका इमरान खानको अफेयर पनि धेरैसँग चलेको भनिन्छ । ८० को दशकमा इमरान पाकिस्तानी टिमको क्याप्टेन बनेर भारत आएका थिए, त्यसैबेला उनको भेट जीनत अमानसँग भएको थियो ।
इमरानकी पूर्वपत्नी रेहम खानले आफ्नो पुस्तकमा इमरान र जीनतको सम्बन्धको बारेमा लेखेकी छिन् । पुस्तक उनले मुम्बईका पार्टीमा दुवैको भेटघाट हुन थालेको र कैयौंपटक डेटमा पनि गइसेकेको बताएकी छिन् । केही समयको उनीहरुको सम्बन्ध टुटेपछि जीनतले सन् १९८५ मा मजहर खानसँग विवाह गरेकी थिइन् ।
रीना राय - मोहसिन खान
लाखौँको मनमा धड्किने बलिउड अभिनेत्री रीना रायकाे अभिनेता शत्रुघन सिन्हासँग अफेयर चलेको थियो । सन् १९८० मा शत्रुघन सिन्हाले पुनमसँग विवाह गरे । त्यसपछि रीना राय विक्षिप्त भइन् । त्यसबीचमा उनी पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग नजिकिइन् र दुवैले सन् १९८३ मा विवाह गरे । तर केही वर्षपछि सन् १९९० मा उनीहरुकाे पनि पारपाचुके भयाे र मोहसिनले अर्को विवाह गरे ।
सुष्मिता सेन - वसिम अकरम
पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुष्मिता सेनको नाम पनि पाकिस्तानी क्रिकेटरसँग सम्बन्ध गाँसियो । राम्रीभन्दा राम्रीलाई पनि वास्ता नगर्ने अकरम सुष्मिताको सुन्दरतामा पग्लिए ।
दुवैको भेटघाट एउटा रियालिटी शोमा भएको थियो । उनीहरुको सम्बन्ध ६ महिनासम्म मात्र चलेको थियो ।
सोनाली बेन्द्रे - शोयब अख्तर
सोनाली बेन्द्रे बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्रीमध्येमा एक हुन् । यस्तोमा कोही उनको सुन्दरतामा पागल भएर उनले आफ्नो विकेट गुमाउछन् भने के होला ? पाकिस्तानका रावलपिण्डी एक्सप्रेस- शोएब अख्तर सोनालीको सुन्दरतामा पागल थिए ।
सोनालीले उनको प्रेम प्रस्ताव स्वीकार नगरेमा उनलाई अपहरण गर्नेसमेत शोयबले बताएका थिए ।
तमन्ना भाटिया - अब्दुर रज्जाक
पास्तिानी क्रिकेटर अब्दुर रज्जाक र बलिउड अभिनेत्री तमन्ना भाटियाको प्रेमसम्बन्ध पनि चर्चाको विषय बन्यो । सन् २०१३ मे मा यी दुवै जना दुबईको एउटा बजारमा सँगै देखिएका थिए । यिनीहरुको विवाह हुने हल्ला चले पनि विवाह भने हुन पाएन ।