प्रियंका चोपडालाई युनिसेफको सद्भावना दूतबाट हटाउन पाकिस्तानकाे माग

 फागुन १९, २०७५ आइतबार २०:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पुलवामा आतंककारी हमला पछि भारतीय वायुसेनाद्वारा पाकिस्तानको बालाकोटमा गरिएको भनिएकाे एयर स्ट्राइकको भारतीय नागरिक लगायत बलिउडका कलाकारहरुले सराहना गरे । 

साथै बलिउड कलाकारहरुले भारतीय सेनाको बहादुरीको प्रशंसा पनि गरे । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि भारतीय वायुसेनाको हौसलाको प्रशंसा गर्दै ‘जयहिन्द’ लेखेर ट्वीट गरेकी थिइन् ।

तर प्रियंका चोपडाको भारतीय वायु सेनाको समर्थनलाई पाकिस्तानले पचाउन सकेन । पाकिस्तानले प्रियंकाको विरोध गर्दै उनलाई यूनिसेफको सद्भावना दूतबाट हटाउनुपर्ने माग गरेको  छ । 

पाकिस्तानका तर्फबाट चोपडाविरुद्ध मुद्दा दर्ता गरिएको छ जसमा लेखिएको छ, ‘दुई देशबीच यदि न्यूक्लियर वार हुन्छ भने त्यसले केवल त्रासदी उत्पन्न हुन्छ । यूनिसेफको सद्भावना दूत भएका नाताले प्रियंका चोपडाले भारतीय वायुसेनाको समर्थन गर्दै ट्वीट गर्नुपर्ने थिएन । उनले शान्ति र निष्पक्षताको परिचय दिनु आवश्यक थियो । उनीद्वारा गरिएको ट्वीट एक यूनिसेफको सद्भावना दूतको नाताले गलत हो । उनी यस पदका लागि योग्य छैनन् ।’

फेब्रुअरी १४ मा भारतको कश्मीरमा रहेको पुलवामा क्षेत्रमा भएको आतंककारी हमला आतंकवादी संगठनले गरेको थियो । उक्त हमलामा ४० जना सैनीक जवान मारिएका थिए । 

त्यस हमलापछि भारत र पाकिस्तानबीच सुरु भएको विवादको असर दुवै देशका फिल्म उद्योगमा परेको छ । भारतमा पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाइएको छ भने पाकिस्तानले आफ्नो देशमा भारतीय सिनेमा प्रदर्शन गर्न रोक लगाइदिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया