एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई दुई शून्यले हरायो

 फागुन २०, २०७५ सोमबार ८:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई दुई शून्यले हराएको छ । 

जितसँगै एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी सात अंकमा झारेको छ । सोसिडाडको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि अल्भारो मोराटाले दुई गोल गरे । खेलको ३० औं मिनेटमा डिएगो गुडिनको पासमा मोराटाले गोल गर्दै अग्रता बनाएका थिए । 

त्यसको तीन मिनेटमा नै कोकीको पासमा मोराटाले नै गोल गर्दै अन्तर दुई शून्यमा पुर्‍याए । त्यसपछि पनि एट्लेटिकोले गोल गर्दै थुप्रै अवसर पाएको थियो । तर गोल थप्न सकेन । जसका बाबजुत पनि उसले सहज रुपमा तीन अंक जोड्न सफल भयो ।

जितसँगै एट्लेटिकोको २६ खेलबाट ५३ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ६० अंक रहेको छ । तेस्रो स्थानको रियलको ४८ अंक छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया