मुन्द्रे र दीपाको सामाजिक काम : मिर्गौला पीडितलाई सहयोग

 फागुन २०, २०७५ सोमबार ११:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कलाकार जितु नेपालमुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । नेपालमा घरजग्गा केही नभएको २२ वर्षीय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयाँ सहयोग गरेका हुन् । 

जितुको सामाजिक कार्यमा साथ दिदै  निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको तर्फबाट नगद १० हजार रुपैँयाका साथै रेडियो अडियोकोतर्फबाट पनिनगद रु ५ हजार रुपैयाँ रकम हस्तान्तरण गरियो । 

सहयोग रकम हस्तान्तरण गर्दे रेडियो अडियोका कार्यकारी अध्यक्ष दीपेन्द्र खनियाले यो रकम सुरुवाती रकममात्र भएको बताए । यस्तै गायक तारा प्रकाश लिम्बुले पनि नगद ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । 

युवाअवस्थामादुवै मृगौला फेलभएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गरेका थिए । उनको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले बताए । आशिषका बुवा अहिदे वैदेशिक रोजगारिको सिलसिलामा दुबईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन् । 

यस अघि जितु नेपालसहित छक्का पञ्जा टिमले मिर्गौला पीडित जय बहादुरलाई ७५ हजार सहयोग रकम हस्तान्तरण गरेका थिए।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया