वैशाख ४ गते नेपालले भू-उपग्रह प्रक्षेपण गर्ने

 फागुन २०, २०७५ सोमबार १७:५१:४३ | रासस
unn.prixa.net

नास्टले प्रक्षेपण गर्न लागेकाे भू-उपग्रह नेपाली स्याट-१ तस्बिर - नास्ट

ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ । 

जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भू-उपग्रह प्रक्षेपण गरिन लागिएको हो ।

यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भएकाे भने पनि गते निश्चित गरिएको थिएन । 'झण्डै चार सय  किलोमिटरमाथि आकाशबाट भू-उपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ', नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भन्नुभयो, 'त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ ।' 

भू-उपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ ।

भू-उपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्काे भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया