लोकसभा चुनावको मुखैमा क्रिकेटर रवीन्द्र जडेजाकी श्रीमती रिवाबा बीजेपीमा प्रवेश गरिन्

 फागुन २०, २०७५ सोमबार १९:१४:१७ | एजेन्सी
unn.prixa.net

लोकसभा चुनावको मुखैमा आएर भारतीय क्रिकेट टिमका चर्चित खेलाडी रवीन्द्र जडेजाकी श्रीमती रिवाबा जडेजाले भारतीय जनता पार्टी (बीजेपी)को सदस्यता लिएकी छिन् । रिवाबाले आइतबार गुजरातको जामनगरमा  भएकाे एउटा कार्यक्रममा भाजपाको सदस्यता लिएकी हुन् ।

रिवाबा करणी सेनाको महिला शाखा अध्यक्ष पनि हुन् । भाजपामा प्रवेश गरेकाेबारे एक कुराकानीमा उनले भनेकी छिन, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेराे लागि प्रेरणाका स्रोत भएकाले मैले भाजपाका सदस्यता लिएकी हूँ ।’ उनले भनिन्, ‘भाजपामा रहेर म मेरो समुदायलाई मात्र होइन मेरो देशकै लागि पनि सर्वोत्कृष्ट काम गर्न सक्छु ।’

रिवाबाले जामनगरमा गुजरातका कृषिमन्त्री आरसी फालडु र सांसद पूनम मदामको उपस्थितिमा पार्टीको सदस्यता ग्रहण गरेकी थिइन् ।

उनको आगमनले भाजपालाई फाइदा हुने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया