युरोपियन च्याम्पियन्स लिग : प्रिक्वार्टरफाइनल दोस्रो लेगका खेल आजदेखि

 फागुन २१, २०७५ मंगलबार ८:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल (अन्तिम(१६) दोस्रो लेगका खेलहरु मंगलबार रातिदेखि सुरु हुँदैछन् । 

मंगलबार मध्यरातमा हुने खेलमा साविक विजेता रियल मड्रिडले आयाक्स तथा इंग्लिस क्लब टोटनह्यामले जर्मन टोली बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो लेगमा २–१ गोलअन्तरको जित हासिल गरेको रियल मड्रिडले मंगलबार राति आफ्नै मैदान सान्टियागो बर्नबाउमा आयाक्सको आतिथ्य गर्नेछ । 

दुई अवे गोलका कारण दोस्रो लेगमा रियललाई बराबरीकै नतिजा पनि क्वार्टरफाइनल प्रवेशका लागि पर्याप्त हुनेछ । 

यता बुण्डेस लिगाको शीर्ष स्थानमा रहेको डर्टमण्डले पहिलो लेगमा टोटनह्यामसँग उसकै मैदानमा ३–० गोलको पराजय ब्यहोरेको थियो । 

दोस्रो लेगमा पहिलो लेगको नतिजा उल्टाउनु उसका लागि कठिन चुनौति बन्ने निश्चित छ । तर, पनि घरेलु मैदानको उपयोग गर्न डर्टमण्ड कति सक्षम हुनेछ, त्यो हेर्न बाँकी छ । 

दुवै खेल राति पौने २ बजेदेखि सुरु हुनेछन् ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया