बुढानिलकण्ठ नगरपालिकामा सरसफाई तथा संरक्षण अभियान

 फागुन २१, २०७५ मंगलबार ११:५८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुढानिलकण्ठ नगरपालिका –२ चपलीमा रुद्रेश्वर महादेवस्थानदेखि नौलिन भद्रकाली मन्दिरसम्म ‘‘सरसफाई तथा संरक्षण अभियान” थालिएको छ । 

त्यसै क्षेत्रका प्रदेशसभा, सार्वजनिक लेखा समितिका सभापति न्हुछे नारायण श्रेष्ठको अगुवाईमा थालिएको अभियान अन्तर्गत रुद्रेश्वर मन्दिरमा सप्तऋषिको मूर्ति पनि स्थापना गरिएको छ । अभियानमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले रुद्रेश्वरदेखि नौलिन भद्रकालीसम्म वातावरणीय पार्क बनाउने योजना रहेको बताउनुभयो । 

वडाध्यक्ष राजेन्द्र खड्काले त्यस क्षेत्र सांस्कृतिक र पुरातात्विक महत्वको भएकाले उत्खनन् गराएर संरक्षण गराउने बताउनुभयो । अभियान अन्तर्गत प्रत्येक १५ दिनमा सरसफाई कार्यक्रम गर्ने सभापति श्रेष्ठले जानकारी गराउनुभयो । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया