सिन्डिकेट खारेजीकाे निर्णय कार्यान्वयन गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघकाे सरकारसँग माग

 फागुन २१, २०७५ मंगलबार १४:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । 

महासंघले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो । सिन्डिकेटरहित यातायात सेवालाई मारमा पर्न नदिन र आम उपभोक्ताको हितको लागि पनि सरकारलाई यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न दबाब दिनुपरेको महासंघका महासचिव गणेश उप्रेतीले जानकारी दिनुभयो ।

यातायात क्षेत्रलाई सर्वसुलभ, सुरक्षित र गुणस्तरीय बनाउन पनि सरकारले गरेको सो निर्णय सफल कार्यान्वयनमा लैजानुको विकल्प नरहेको महासंघको भनाइ छ ।

महासचिव उप्रेतीले सार्वजनिक सवारी साधनमाथि तोडफोड, आगजनी गर्नेहरुमाथि कडा कारबाहीको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

महासंघले तोडफोड तथा  आगजनी गरिएका सार्वजनिक सवारी साधनको उचित क्षतिपूर्तिको व्यवस्था हुने गरी कानुन निर्माण गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया