जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
रसुवा – राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ-स्याफ्रुबेसी सडकमा झरेको पहिरो पन्छाउनका लागि मंगलबारदेखि ब्लास्टिङ गर्ने काम सुरु भएको छ ।
वर्षातले गर्दा सडकमा झरेका ठूला ढुङ्गा हटाउनका लागि मंगलबारदेखि ब्लास्टिङ गर्न थालिएको हो । ब्लास्टिङ सकिएको चार दिनमा सडक सुचारु गर्न सकिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ ।
१० दिन भित्र सडकमा सवारी सञ्चालन गर्न सकिने योजना प्रमुख सुवोध कुमार देवकोटाले बताउनुभयो । ‘ब्लास्टिङका लागि चाँडो अनुमति पाएको भए यतिबेलासम्म सडक सञ्चालनमा आइसक्थ्यो, उनले भने, ढिलै भए पनि काम सुरु भएको छ ।’
गएको जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नती हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।
वर्षातको समयमा पहिरोले सडकमा थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेका कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ ।
बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ ।