त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

 फागुन २१, २०७५ मंगलबार १८:१६:५२ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३ शून्यले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको ४३ औं मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै १ शून्यको अग्रता बनाएका थिए ।

त्यस्तै खेलको ८२ औँ मिनेटमा सन्तोष तामाङ र ८३ औँ मिनेटमा नवयुग श्रेष्ठले एक गोल थप्दै ३/० को फराकिलो जित निकाले । आजको खेलको म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित हुँदै नगद १५ हजार प्राप्त गरेका छन् । 

बुधबार हुने खेलमा थ्रीस्टार र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया