पाकिस्तान सुपर लिग क्रिकेटमा सन्दीप लामिछानेको टिम ५ विकेटले पराजित

 फागुन २२, २०७५ बुधबार ६:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग क्रिकेटमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्वालन्दर्स ५ विकेटले पराजित भएको छ । 

लाहोरले दिएको १२५ रनको लक्ष्य पछ्याएको पेशावर जल्मीले १९.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मंगलबार रातिको खेलमा नेपाली खेलाडी लामिछाने भने विकेट विहीन बने । पाकिस्तान सुपर लिगमा नेपाली बलर सन्दीपले पहिलो ओभरमा मात्र तीन रन दिए ।

पेशावर जाल्मी विरूद्दको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरे । त्यसपछि दोस्रो ओभरमा उनले १८ रन खान पुगे । दोस्रो ओभरको पहिलो बलमा नै उनले छक्का खाए । त्यसपछि दोस्रो बलमा पनि उनले अर्काे छक्का खान पुगे । अनुभवी खेलाडी मिस्वा उल हकले २ छक्का प्रहार गरे । टस हारी पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । लाहोरका लागि हरिस सोहेलले ४३ तथा डेभिड वाइजले २६ रनमा नट आउट रहे । 

१२५ रनको लक्ष्य पेशावर जाल्मीले एक बल अगावै पाँच विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि मिसवाह उलहकले अविजित ५९ रनको उत्कृष्ट पारी खेले । त्यस्तै ड्यारे सामीले ४६ रन बनाए । बलिङतर्फ सन्दीप लामिछाने विकेटविहीन बन्दा शाहइन शाह अफ्रिदीले एक मेडनसहित तीन विकेट लिएका थिए । 

पेशावर जाल्मी नौ मध्य ६ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ भने लाहोर कलन्दर्स ६ अंक सहित पाँचौं स्थानमा छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • Yubraj

    March 6, 2019, 6:30 a.m.

    समाचारकाे सत्यतामा तथ्यहरु प्रयाेग गर्नुपर्याे ! पेशावर जाल्मी ले ४ विकेटले खेल जितेकाे हाे , ५ विकेटले हाेईन । अनि जाल्मी अंक तालिकाकाे दाेश्राे स्थानमा छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया