नेप्से परिसूचक ९ अंकले बढ्यो

 फागुन २२, २०७५ बुधबार १७:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार शेयर बजारको परिसूचक नेप्से ९ अंंकले बढेको छ । म‌गलबार २ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि सुधारिएसँगै ११ सय ११ दशमलव ७६ अंकमा पुगेको हो । 

सूचक बढे पनि कारोबार रकम भने सुधार नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २२ करोड २४ लाख ६६ हजार रुपैयाँ बराबरका ८ लाख २६ हजार कित्ता शेयर किनबेच भएको दिन आज सबैभन्दा धेरै एनसीसी बैकको १ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । 

बुधबार हाथवे फाइनान्स कम्पनी लिमिटेड र कन्चन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ८ प्रतिशत भन्दा धेरै कमाएका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले साढे ६ प्रतिशत गुमाएका छन् । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया