गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सत्य–स्वरुपले बनाए यस्तो गीत(भिडियोसहित)

 फागुन २२, २०७५ बुधबार १७:४३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायकद्वय सत्य–स्वरुपराज आचार्य जोडिएका छन् । 

बुधबार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

सत्य–स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेटसम्बन्धी गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको गीतलाई सत्य–स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । 

धुर्मुस सुन्तलीको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया