नेपाल पुलिस क्लबलाई हराउँदै थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा

 फागुन २२, २०७५ बुधबार १८:१२:५२ | सुश्मा राजवंशी
unn.prixa.net

झापा - नेपाल पुलिस क्लबलाई पराजित गर्दै थ्रीस्टार झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

निर्धारित ९० मिनेटमा खेल बराबरीमा राेकिएपछि खेल टाइब्रेकरमा गएकाे थियाे ।

आज भएको खेलमा नेपाल पुलिसलाई टाइब्रेकरमा ३-० गोल अन्तरले पराजित गर्दै  सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारका विजय धिमाल, बुद्ध लिम्बू र रुपेश केसीले गोल गरे भने पुलिसका कसैले पनि गोल गर्न सकेनन् ।

थ्रीस्टारका गाेलरक्षक एलन न्याैपानेले पुलिसका सुरुवाति दुइटा प्रहार राेकेका थिए । आजको खेलको म्यान अफ् द म्याच थ्रीस्टारका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

अब भोलिको खेलमा रुपन्देही ११ र दाउफिन्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: चैत १७, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया