पीएसजीलाई हराउँदै म्यानचेस्टर युनाइटेड च्यााम्पियन्स लिगको अन्तिम आठमा

 फागुन २३, २०७५ बिहिबार ६:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेड अवे गोलका आधारमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनलाई तीन–एकले हराउँदै समग्रमा तीन–तीन को बराबरी भएपछि अवे गोलका कारण युनाइटेडले अन्तिम आठमा स्थान बनायो । 

पहिलो लेग दुई शून्यले हारेको युनाइटेडले पीएसजीको घरेलु मैदानमा दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमा नै लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि १२ औं मिनेटमा बेरनाटले पीएसजीका लागि गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । तर ३० औं मिनेटमा फेरी लुकाकुले युनाइटेडलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडका लागि मार्कुस सारफोर्डले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । इन्जुरी समयमा युनाइटेडले भार प्रणालीबाट पेनाल्टी पाएको थियो । जुन युनाइटेडका लागि अमृत सावित भयो भने पीएसजीका लागि प्रतियोगिताबाट बाहिरिनुपर्ने बाध्यता बन्यो । 

लुकाकुले एक सय ११ औं मिनेटमा गरेको गोल युनाइटेडले च्याम्पियन्स लिगमा गरेको अहिलेसम्म कै सबै भन्दा छिटो हो । यसका साथै पछिल्लो दुई संस्करणमा प्रिक्वार्टरमाथि उक्लन नसकेको युनाइेटडका लागि प्रशिक्षक गुनर भाग्यमानि सावित भएका छन् । युनाइेटडले लगातार २१ अवे खेलमा जित निकाल्न सफल भएको छ ।

यस्तै अर्को खेलमा रोमालाई हराउँदै पोर्टो पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले पोर्टोले रोमालाई समग्रमा चार तीन गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनायो ।

पहिलो लेगमा दुई एकको हार ब्यहोरेको पोर्टो बुधबार राति भारको सहयोगमा अन्तिम समयमा पेनाल्टी पाएपछि अन्तिम आठमा स्थान बनाएको हो । 

खेलको २६ औं मिनेटमा फ्रान्सिस्को सोआरेसले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । तर ३७ औं मिनेटमा डी रोसीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ५२ औं मिनेटमा मारिगाले गोल गर्दै फेरी पोर्टोलाई अग्रता दिलाए । 

त्यसपछि निर्धारीत ९० मिनेटमा दुबै टिमबाट गोल नभएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । पहिलो लेग र दोस्रो लेगको तथ्यांकले दुबै टिम तीन–तीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो ।

तर एक सय १६ औं मिनेटमा टेलेसले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई क्वार्टरफाइनलमा पुर्याए । यो हारले रोमाका प्रशिक्षक बर्खास्त हुनसक्ने संभावना रहेको छ । घरेलु लिगमा खासै राम्रो गर्न नसकेको रोमाले च्याम्पियन्स लिगको यो खेलसम्म कुरेको बताइएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया