विप्लवको बन्दले राप्तीका ६ जिल्लाको जनजीवन प्रभावित

 फागुन २३, २०७५ बिहिबार १०:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको राप्ती बन्दका कारण रोल्पासहित राप्तीका ६ जिल्ला दाङ, प्यूठान, सल्यान, रुकुमपूर्व र रुकुम पश्चिमको जनजीवन प्रभावित बनेको छ ।

दाङ र रोल्पाबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दै आह्वान गरेको बन्दका कारण बिहीबार बिहानैदेखि यस क्षेत्रका बजार, शिक्षण संस्था, यातायात, कलकारदाना ठप्प रहेका छन् । यातायातका साधन सञ्चालन हुन नसक्दा जिल्ला बाहिरिने तथा भित्रिने नागरिकहरु अलपत्र परेका छन् भने विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको छ ।

विप्लवका दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, इश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र नृपेन्द्र सेन केहि दिनअघि रोल्पाबाट पक्राउ परेका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया