क्रिकेट रंगशाला निर्माणका लागि कांग्रेस प्रवक्ता शर्माले गरे आर्थिक सहयोग

 फागुन २३, २०७५ बिहिबार १६:५७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गर्नुभएकाे छ । 

उहाँले श्रीमती कविता शर्मासँग विवाह भएको १६ औँ वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई सहयोग हस्तान्तरण गर्नुभएकाे हाे । 

विवाह भएको १६ औँ वर्ष पूरा गरेकोले उहाँले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गर्नुभएकाे छ ।

सहयोग हस्तान्तरण गर्दै उहाँले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गर्नुभयाे । 

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उहाँले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वानसमेत गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • प्रमोद बि क

    March 7, 2019, 5:40 p.m.

    निकै राम्रो काम गरे जस्तो लाग्यो होला नेता ज्यु राज्य को बजेट जति सबै भ्रष्टचारमा ठिकै छ । सक्नु हुन्छ भने भ्रष्टचार रोकेर देखाउनु होस नेता जी यस्ता रंगशाला हरेक जिल्ला मा बन्छन ।।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया