सीके राउतलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतकाे आदेश

 फागुन २३, २०७५ बिहिबार १७:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालत रौतहटले गएको मंसिर २० गते राउतलाई राज्यविरुद्धको सांगठनिक अपराध अन्तर्गत पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जिल्ला अदालतकाे आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन दिए पनि पुनरावेदनले जिल्ला अदालतकै आदेश सदर गरिदिएको थियो ।

त्यसपछि राउतले आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएकाे भन्दै सर्वोच्च पुगेका थिए। 

सर्वाेच्च अदालतले जिल्लाकाे आदेश बदर गर्दै राउतलाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया