नेपालगञ्ज-५, का वडाध्यक्ष कुटिए

 फागुन २३, २०७५ बिहिबार १८:४:४४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कैफुलवरा जोलाह बिहीबार राति  एक महिलाबाट कुटिनुभएको छ  ।

बिहीबार दिउँसो उप-महानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा भएको विवादपछि राति जोलाहलाई  वडावासी रेखा सिंहले चप्पल प्रहार गरी कुटपिट गरेकी हुन् ।

घटनापछि राति नै प्रहरीले सिंहलाई पक्राउ गरेकोमा अर्को दिन मिलापत्र गर्नेगरी दुवैलाई छोडेको थियो । जोलाह गएकाे स्थानीय चुनावमा राप्रपाबाट विजयी हुनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया