विश्वकै ठूलो पर्यटन मेला आईटीबी बर्लिनमा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

 फागुन २३, २०७५ बिहिबार १८:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जर्मनीमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आईटीबी बर्लिनमा दिगो पर्यटन गन्तव्यहरुमध्ये एसिया प्यासिफिक क्षेत्रबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको छ । 

मेलाकै अवसरमा २०७५ फागुन २२ मा आयोजित एक भव्य समारोहका बीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आईटीबी मेला आयोजक र ग्रीन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् । डा. अल्बर्ट सल्मान प्रमुख रहनु भएको दिगो पर्यटन गन्तव्यहरुको छनोट प्रक्रियामा विशेषतः दिगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो । 

यस पुरस्कारसँगै नेपाल ग्रीन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दिगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैमा गौरवको कुरा हो । नेपालले विशेषतः दिगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दियालगायतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो वृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको हो । 

पाकिस्तानी पर्यटन मन्त्री अतिफ खान बर्लिन पर्यटन मेलाकाे नेपाली स्ट्याण्डमा । उहाँले भेटमा नेपाल पर्यटन बाेर्डका कार्यकारी प्रमुख दीपकराज जाेशीलाई पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि अनुराेध गर्नु भएकाे थियाे ।

बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्वव्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गर्नुभएको थियो । सम्मान समारोहमा बोल्दै जोशीले बर्दिया विशिष्ट दिगो गन्तव्य भएको बताउनुभयो ।  

त्यस्तै पाकिस्तानी पर्यटन मन्त्री अतिफ खानले बर्लिन पर्यटन मेलाकाे नेपाली स्ट्याण्ड भ्रमण गर्नु भएकाे थियाे । उहाँले भेटमा नेपाल पर्यटन बाेर्डका कार्यकारी प्रमुख दीपकराज जाेशीलाई पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि अनुराेध गर्नु भएकाे थियाे ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया