महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

 फागुन २३, २०७५ बिहिबार १८:३३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

यसपटक पूर्व कप्तान अनु लामा टिममा परेकी छैनन् । 

बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट मुख्य प्रशिक्षक हरि खड्काले २० जनाको अन्तिम नामावली तयार पारेका हुन् । जसमा अनुसँगै सुनिता चौधरी र विमला चौधरीले टिममा स्थान बनाउन सकेनन् । युवा खेलाडीलाइ प्राथमिकता दिएको नेपाली टिममा यू-१९ टिमका ६ खेलाडी नै राष्ट्रिय टिममा परेका छन् ।

जसमा पुजा राना, उषा नाथ, रेखा पौडेल, सरु लिम्बु, मञ्जली कुमारी योञ्जन र अन्जना रानामगर रहेका छन् ।

करिब तीन साताको प्रशिक्षणपछि नेपाली टिमको घोषणा गरेको हो । यसपटक नेपाललाई उपाधिको दावेदारका रूपमा हेरिएको छ । भारतमा भएको महिला गोल्डकपको उपविजेता भएपछि नेपाली टिमको मनोबल पनि उच्च बनेको छ ।

फागुन २८ गते विराटनगरको शहीद रंगशालामा हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ ।

यस्ताे छ नेपाली टिमकाे संरचना:

गोलकीपरः उषा नाथ, एन्जिला तेम्बाप्पो सुब्वा, अन्जना राना मगर

डिफेन्डरः अमृता जैशी, कविता धिमाल, पूजा राना, मन माया लिम्बू, हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर,

मिडफिल्डरः सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा,

स्ट्राइकरः सावित्रा भण्डारी, रेखा पौडेल, निरु थापा कप्तान
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया