राष्ट्रिय सभागृहमा सीके राउत र प्रधानमन्त्री ओलीको संयुक्त सम्बोधन

 फागुन २४, २०७५ शुक्रबार १३:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले राष्ट्रिय सभागृहमा आज दिउँसो राजनीतिक सहमति घाेषणा कार्यक्रम गर्दैछ ।

हिजै मात्र सर्वाेच्च अदालतकाे आदेशपछि रिहा भएका सीके राउतले आज सरकारसँग राजनीतिक सहमति गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित अन्य नेताहरुकाे पनि उपस्थिति रहने बताइएकाे छ ।

पत्रकार सम्मेलनबाट पृथकतावादी गतिविधि गरिरहेका सीके राउतले अब अखण्ड नेपाल स्वीकार गर्दै मूलधारको राजनीतिमा लाग्ने घोषणा गर्नसक्ने सम्भावना रहेको छ ।   

आफूहरु कहिल्यै अखण्ड नेपालको विरोधमा नभएको गठबन्धनका सह–संयोजक कैलास महतोले उज्यालो अनलाइनसँग बताउनुभयो । राष्ट्रियसभामा हुने सम्मेलनमा प्रधानमन्त्री पनि आउने भनेर विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै उहाँले आफूहरुको र सम्मेलनमा प्रधानमन्त्री आउने कुरा जानकारी नभएको बताउनुभयो । 

यता प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रिय सभागृह विशेष महत्वको विषयमा सम्बोधन गर्नुहुने बताउनुभयो ।  

‘राउतका बारेमा थाहा भएन, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भन्नुभयो प्रधानमन्त्रीज्यूले दिउँसो १ बजे राष्ट्रिय सभागृह विशेष महत्वको विषयमा सम्बोधन गर्दै हुनुहुन्छ ।’ 

आधिकारिक रुपमा दुवै पक्षले केही नबताए पनि मधेशमा पृथकताबादी गतिविधी सञ्चालन गरिरहेका सीके राउतले अब मूलधारको राजनीतिमा आउने घोषणा गर्नेछन् । यसअघि मधेस टुक्राउने भन्दै राउतले मधेशमा विभिन्न कार्यक्रम गर्दै आएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया