डाेनाल्ड ट्रम्पकाे चुनावी अभियानका प्रमुखलाई ४७ महिना जेल सजाय

 फागुन २४, २०७५ शुक्रबार १६:२२:५६ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपतिका चुनावी अभियानका प्रमुख पल म्यानाफर्टलाई ४७ महिनाको जेल सजाय सुनाइएको छ । उनीमाथि दर्ता भएका दुई आपराधिक मुद्धामध्ये एउटाकाे सुनुवाइ गर्दै जेल सजाए तोकिएको हो ।

संघीय दण्ड संहिताले अपाराधको लागि म्यानाफर्टलाई १९ देखि २४ वर्षसम्म सजाय हुने भने पनि न्यायाधिसले यी संहिता यो मुद्धाके लागि बढी नै भएको बताएका छन् ।

म्यानाफोर्टमाथि बिहीबारको सुनुवाइ अनुसार उनी भर्जिनियामा आठपटक करछली र बैंकिङ अपराधमा मुछिएका थिए । अर्को हप्ता वाशिङटन डीसीमा उनको दोस्रो मुद्धामाथि सुनुवाइ गरिनेछ । जहाँ उनले थप दश वर्ष जति सजाय भुक्तानी गर्नुपर्ने हुनसक्ने बताइएको छ ।

यस मामिलाकाे जाँचपड्ताल गरिरहेका विशेष वकिल राेबर्ट मुलरले गरेका थिए । यसलाई अमेरिकी राष्ट्रपतिकाे चुनावमा रुसी हस्तक्षेमा जाेडिएकाे मामिलामा कसैलाई सुनाइएकाे सजायमध्येकै ठूलाे सजाय मानिएकाे छ

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया