सिके राउतसँग सरकारले गरेको सहमतिको नेपाली कांग्रेसद्वारा स्वागत

 फागुन २४, २०७५ शुक्रबार १६:४२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सिके राउतको रुपान्तरण र सम्झौता स्वागतयोग्य भएको बताउनुभएको हो ।  

नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज रहेको पनि उहाँले बताउनुभयो । 
शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो । 

‘अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य नै हो,’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया