दाङमा छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गयाे

 फागुन २४, २०७५ शुक्रबार २०:१८:३१ | हेमराज शर्मा

दाङ - दाङमा शुक्रबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ ।

घोराही मुर्कुटी सडक खण्डको घोराही उपमहानगरपालिका-४ ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बंगलाचुली गाउँपालिका ३ बस्ने ५९ वर्षीय ठाकुरप्रसाद महराको ज्यान गएको छ । 

मोटरसाइकलको पछाडि बसेका महराको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मोटरसाइकल चालक बंगलाचुली २ का कमलाल पौडेलको खुट्टामा चोट लागेको र प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न टिप्पर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी  दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तुुलसीपुुर उपमहानगरपालिका–१८ बिजौरीमा करेन्ट लागेर सल्यानको कपुुरकोट गाँउपालिका–५ पाङराङका दिपेशकुुमार विकको ज्यान गएको हो । 

बिजौरीमा निर्माणाधीन घरमा आल्मुुनियमको पाइप जडान गर्दै गरेको बेला पाइपले घर नजिकैको विद्युुतको हाइभोल्टेजको तार छुुँदा करेन्ट लागेको थियो । ११ हजार भोल्टेजको करेन्ट लागेर गम्भीर घाइते भएका विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विकको शवलाई पोष्टमार्टमका लागि तुुलसीपुुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको आफन्त जीवन नेपालले जानकारी दिनुुभयो ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया