राैतहटमा नेकपाको आमसभा, ओली र दाहाल दुवैले सम्बोधन गर्ने

 फागुन २५, २०७५ शनिबार ११:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभा रौतहटमा हुँदैछ ।

नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आमसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आमसभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।

नेकपा प्रदेश २ इञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा एक लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।

आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया