‘बाहुबली’ भन्दा पनि उत्कृष्ट कथामा बनेकाे ‘आरआरआर’ लिएर आउँदै निर्देशक राजामौली

 फागुन २५, २०७५ शनिबार १७:४७:३ | एजेन्सी
unn.prixa.net

सुपरहिट फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्म ‘आरआरआर’को बारेमा खुलासा गरेका छन् । उनले फिल्म आरआरआर बनाउन अझै एक वर्ष जति लाग्ने बताएका छन् ।

उनले आफ्नो यस फल्मको बारेमा बोल्दै केही समय पहिले भनेका थिए, ‘यसले दर्शकलाई अचम्मित पार्नेछ ।’

बाहुबलीभन्दा पनि उत्कृष्ट कथामा बन्ने बताइएको फिल्म आरआरआरमा तेलगु फिल्म उद्योगका सुपरस्टार रामचरण र जुनियर एनटीआर एकसाथ देखिनेछन् ।

राजामौली, जो आफ्ना दमदार कथाका कारण परिचित छन्, प्रि-पोडक्सनमा लामो समय बिताउने निर्देशकको रुपमा पनि चिनिन्छन् । बाहुबलीको निर्माण गर्नमा उनलाई पाँच वर्ष लागेको थियो भने यसको प्रि-प्रोडक्सनको लागि डेढ वर्ष लागेको थियो ।

उनले आफ्नो नयाँ फिल्म आरआरआरको प्रि-प्रोडक्सनको लागि पनि एक वर्षको समय तोकेका छन् ।

यस फिल्मलाई उनले सन् २०२०मा रिलिज गर्ने तयारी गरेका छन् । फिल्मको बजेट करिब ३ सय करोड हुने बताइएको छ र ६ भाषामा रिलिज गरिने बताइएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया