बिदाको दिन चलाएका सरकारी गाडी ट्राफिक प्रहरीकाे नियन्त्रणमा

 फागुन २५, २०७५ शनिबार १८:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरीले विनापास सार्वजनिक बिदाको दिन चलाएका सरकारी निकाय तथा संस्थानका गाडी नियन्त्रणमा लिन सुरु गरेको छ । 

सरकारी कामको लागि पास लिएकाबाहेक अरु गाडीलाई नियन्त्रणमा लिन सुरु गरिएको महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको छ । 

शनिबार २९ वटा पासविनाका सरकारी र संस्थानका गाडी नियन्त्रणमा लिइएको र गाडी चालकलाई सम्झाइबुझाइ छाडिएको ट्राफिक प्रहरीले  जनाएको छ ।

सार्वजनिक बिदाको दिन  पासविनाका सरकारी तथा संस्थानका गाडी नचलाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया