आफ्नाे अपहरण भएकाे झुटाे सूचना दिएकाे अभियाेगमा एक व्यक्ति पक्राउ

 फागुन २५, २०७५ शनिबार १९:५:४२ | रासस
unn.prixa.net

कैलाली - आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुटाे सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । 

सिंहका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सिंहले भारतको पञ्जाव गएर त्यहीबाट आफू अपहरणमा परेकाले अपहरणमुक्त हुन  १५ लाख रुपैयाँ मागेकाे खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

धनगढीका स्थानीय व्यापारीसँग लिएको कर्जा चुक्ता गर्न बाउन्स चेक दिनुपरेको र  आफू समस्यामा पर्ने डरले पञ्जाब गएर त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको सिंहले प्रहरीसमक्ष स्वीकारेका छन् ।

सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फेन्सी नामको पसल सञ्चालन गरेको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया