पीएसल: सन्दीप लामिछानेकाे टिम लाहाेरले टस जितेर फिल्डिङ गर्दै, जित्नैपर्ने दबाब

 फागुन २५, २०७५ शनिबार १९:५१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपरलिग क्रिकेट पीएसएलमा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

लाहोरका कप्तान फखर जमानले टस जितेपछि इस्लामावाद यूनाइटेडविरुद्ध पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । जारी प्रतियोगितामा इस्लामावाद तेस्रो तथा लाहोर पाँचौ स्थानमा रहेका छन् ।

अन्तिम चारमा स्थान सुरक्षित गर्न लाहोरलाई आज जित्नै पर्ने दबाब रहेको छ । इस्लामावदको आजको खेल अन्तिम खेल हो भने लाहोरले अन्तिम खेलमा मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया