पीएसएल: सन्दीप लामिछानेकाे दुई ओभर, ८ रन १ विकेट

 फागुन २५, २०७५ शनिबार २०:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

लाहोर कलन्दर्सबाट पाकिस्तान सुपरलिग क्रिकेट पीएसएलमा खेलिरहेका लेगस्पिनर सन्दीप लामिछानेले दोस्रो ओभरमा ७ रन दिएका छन् । पहिलो ओभरमा १ रन दिएर एक विकेट लिएका सन्दीप व्यक्तिगत दोस्रो ओभरमा रन खर्चन पुगे ।

आजको खेलमा सन्दीपले टिमको तेस्रो ओभरमै व्यक्तिगत पहिलो ओभर बलिङ गरेका थिए । इस्लामावाद युनाइटेडविरुद्धको पहिलो बलमा कुनै पनि रन दिएनन् । दोस्रो बलमा उनले फिलिप साल्टलाई आउट गर्न सफल भए । सन्दीपले फिलिपलाई ह्यारिस सोहेलको हातबाट क्याच आउट गराएका हुन् ।

तेस्रो र चौथो बलमा कुनै पनि रन नदिएका सन्दीपले पाँचौ बलमा एक रन खर्चिए । छैटौं बलमा लेग बाइको रुपमा इस्लामाबादले ४ रन लिएको थियो । समग्रमा सन्दीपले पहिलो ओभर बलिङ गर्दा १ मात्र रन खर्चिएर १ विकेट लिए ।

व्यक्तिगत दोस्रो ओभर लिएर सन्दीप टिमको पाँचौ ओभरमा बलिङ गर्न आएका थिए । जसमा सन्दीपको पहिलो बलमै वाल्टनले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा रन बनाउन नसकेका वाल्टनले तेस्रो बलमा एक रन लिएका थिए । चौथो बल डट राखेका सन्दीपले पाँचौ बलमा लेग बाईको रुपमा रन आएको थियो । छैटौं बल पनि वाल्टनले रन बनाउन सकेनन् । सन्दीपले २ ओभर बलिङ गर्दा ८ रन खर्चिएर १ विकेट लिएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया