पीएसएल : सन्दीपले चार ओभरमा ४६ रन खर्चेर लिए १ विकेट

 फागुन २५, २०७५ शनिबार २१:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

लाहोर कलन्दर्सबाट पाकिस्तान सुपरलिग क्रिकेट पीएसएलमा खेलिरहेका लेगस्पिनर सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दा ४६ रन दिएर १ विकेट लिएका छन् ।

पहिलो ओभरमा १ रन दिएर  एक विकेट लिएका सन्दीप व्यक्तिगत दोस्रो ओभरमा ७ रन खर्चन पुगे । तेस्रो ओभरमा सन्दीपले १२ रन दिएका हुन् । सन्दीपले अन्तिम ओभरमा सर्वाधिक २६ रन दिएका थिए । 

आजको खेलमा सन्दीपले टिमको तेस्रो ओभरमै व्यक्तिगत पहिलो ओभर बलिङ गरेका थिए । इस्लामावाद युनाइटेडविरुद्धको पहिलो बलमा कुनै पनि रन दिएनन् । दोस्रो बलमा उनले फिलिप साल्टलाई आउट गर्न सफल भए ।

सन्दीपले फिलिपलाई ह्यारिस सोहेलको हातबाट क्याच आउट गराएका हुन् । तेस्रो र चौथो बलमा कुनै पनि रन नदिएका सन्दीपले पाँचौ बलमा एक रन खर्चिए । छैटौं बलमा लेग बाईको रुपमा इस्लामाबादले ४ रन लिएको थियो । समग्रमा सन्दीपले पहिलो ओभर बलिङ गर्दा १ मात्र रन खर्चिएर १ विकेट लिए ।

व्यक्तिगत दोस्रो ओभर लिएर सन्दीप टिमको पाँचौ ओभरमा बलिङ गर्न आएका थिए । जसमा सन्दीपको पहिलो बलमै वाल्टनले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा रन बनाउन नसकेका  वाल्टनले तेस्रो बलमा एक रन लिएका थिए । चौथो बल डट राखेका सन्दीपले पाँचौ बलमा लेग बाईको रुपमा  रन आएको थियो । छैटौं बल पनि वाल्टनले रन बनाउन सकेनन् । सन्दीपले २ ओभर बलिङ गर्दा ८ रन खर्चिएर १ विकेट लिएका थिए ।

व्यक्तिगत तेस्रो ओभर लिएर सन्दीप टिमको १० औं ओभरमा आएका थिए । उनले पहिलो बलमै चौका दिएका थिए । क्यामरन डेलपोर्टले रिभरस्वीप गर्दै चौका प्रहार गरेका थिए । त्यसपछि दोस्रो बलमा एक रन लिँदै  स्ट्राइक चेन्ज भएपछि वाल्टनले तेस्रो बलमा रन बनाउन सकेनन् । चौथो रनमा एक रन लिँदै स्ट्राइक परिवर्तन भएपछि डेलपोर्टले पाँचौं बलमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा भने कुनै पनि रन बन्न सकेन । समग्रमा तीन ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चदैं १ विकेट हात पारेका छन् । 

चौथो ओभर लिएर टिमको १६ औं ओभरमा आएका सन्दीपले पहिलो बलमै छक्का दिन पुगेका थिए । आशिफ अलीले  छक्का प्रहार गरेका हुन् । दोस्रो बलमा एक रन लिँदै स्ट्राइक परिवर्तन भएपछि डेलपोर्टले तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै शतक बनाएका थिए । पाँचौ बलमा एक रन दिएका सन्दीपले अन्तिम बलमा पनि छक्का खान पुगे । समग्रमा चार ओभर बलिङ गरको सन्दीपले ४६ रन दिएर एक मात्र विकेट हात पारेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया