एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ

 फागुन २६, २०७५ आइतबार ७:४५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ परेका छन् । 

काठमाडौंबाट विरगञ्जका लागि छुटेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाइ राखेको एक सय पाँच किलो चरेससहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बस चालक विरगञ्ज ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका ७ का अनिल चौधरी र बिन्दबासिनी गाउँपालिका ३ का श्रीराम साह रहेको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया