अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको विरोधमा म्यानपावर बन्द

 फागुन २६, २०७५ आइतबार ११:५८:४४ | उज्यालो सहकर्मी

काठमाण्डौं – वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरम विस्फोट गराएको विरोधमा व्यवसायीहरुले आइतबार म्यानपावर बन्द गरेका छन् ।

शुक्रबार राती अध्यक्ष गुरुङको घरमा गराइएको बिस्फोटको नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले जिम्मेवारी लिइसकेको छ । विस्फोटमा ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको छ ।

विस्फोटको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै आइतबार म्यानपावर बन्द गरिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । घटनापछिको अवस्था बारे छलफल गर्न संघको बैठक  बस्दैछ । बैठकले आगामी रणनीति तय गर्ने कार्यबहाक अध्यक्ष रामप्रसाद भन्तानाले जानकारी दिनुभयो ।

संघले तत्काल दोषीलाई पक्राउ गरि कारबाही नगरेको वैदेशिक रोजगारमा कामदार पठाउन अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी पनि दिइसकेको छ । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया