इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटना

 फागुन २६, २०७५ आइतबार १४:५८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।

राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेकाे बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ  ।

302 नामकाे विमान राजधानी आदिस अबाबाबाट ६२ किलाेमिटर दक्षिण पूर्वमा रहेकाे बिस्फाेटु भन्ने ठाउँमा विष्फाेट भएकाे एअरलाइन्सले बताएकाे छ । आदिस अबाबाकाे बाेले एअरपाेर्टबाट बिहान ८ बजेर ३८ मिनेटमा उडेकाे विमानकाे ८ बजेर ४४ मिनेट जाँदा टावरसँग सम्पर्क विच्छेद भएकाे थियाे ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताउनु भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया