अफगानिस्तान र आयरल्याण्डबीचको एक दिवसीय सिरिज बराबरी

 फागुन २६, २०७५ आइतबार २१:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तान र आयरल्याण्डबीचको पाँच एक दिवसीय सिरिज बराबरीमा टुंगिएको छ ।

दुवै टिमले दुई दुई खेल जित्दा एक खेलको नतिजा आएको थिएन । आज भएको अन्तिम तथा पाँचौ खेलमा आयरल्याण्डले अफगानिस्तानमाथि ५ विकेटको जित निकाल्दै सिरिज बराबरी गरेको हो । अफगानिस्तानले दिएको २१७ रनको लक्ष्य आयरल्याण्डले ४७.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

आयरल्याण्डलाई जित दिलाउन पल स्टर्लिङले ७० तथा एन्डी बलबिरिनले ६८ रनको योगदान गरे । केभिन ओ'ब्राइन ३३ रनमा अविजित रहँदै खेल टुंग्याएका थिए ।

अफगानिस्तानका जहर खानले २ तथा मुजिब अर रहमान र रासिद खानले एक विकेट हात पारेका थिए ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि अस्गर अफगानले ८२ तथा मोहमद नाबीले ४० रन बनाएका थिए । यसैगरी रासिद खानले नटआउट ३५ रन बनाए ।

आयरल्याण्डका जर्ज डकरेलले २ विकेट हात पारे । सिरिज बराबरी भए पनि अफागानिस्तानका रासिद खानले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेट पूरा गरेका छन् । अहिलेसम्म १२३ एकदिवसीय, ५७ टी–२० र २ टेस्ट खेलेका रासिदले आज लिएको एक मात्र विकेटले यो रेकर्ड बनाउन पर्याप्त बन्यो ।

सर्वाधिक ७० रन बनाएर खेलिरहेका पल स्टर्लिङलाई एलबीडब्ल्यूको धरापमा पार्दै दुई सयौं विकेट आफ्नो नाममा पार्न सफल भएका हुन् । रासिद खान आईसीसीको वरीयतामा एक दिवसीय बलरमा दोस्रो तथा टी–२० मा शीर्ष स्थानमा छन् ।

यसैगरी ब्याटिङ र बलिङमा दुवैमा उत्कृष्ट खेल प्रदर्शन गर्ने रासिद अलराउण्डर तर्फ एक दिवसीयमा शीर्ष स्थानमा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया