पाल्पाका ८१ मध्ये ३० वडा सचिवविहीन, स्वास्थ्यकर्मी र खानेपानी प्राविधिकलाई नै वडा सचिवको जिम्मा

 फागुन २७, २०७५ सोमबार ८:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पाका १० स्थानीय तहका ८१ वडा मध्ये ३० वडामा, वडा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका छन् । वडा सचिवको अभावमा प्रशासनिक कार्य सम्पादनका काममासमेत समस्या भएको छ ।

अनुभव र विषय समेत नमिल्ने  कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने भएपछि काममासमेत ढिलाई भैरहेको स्थानीयले गुनासो गरेका छन् । वडा सचिव  नभएपछि स्वास्थ्यकर्मी र खानेपानी प्राविधिकलाई वडा सचिवको जिम्मा दिइएको निस्दी गाँउपालिकाका अध्यक्ष मुक्तबहादुर सारु मगरले जानकारी दिनुभयो ।

गाउँपालिकाको ७ वटै वडामा वडा सचिव नहुँदा वडा नं १ मा खानेपानी प्राविधिकले, वडा नम्बर २, ३, ६ र ७ मा स्वास्थ्यकर्मीले, वडा नम्बर ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बा र वडा नम्बर  ५ मा कार्यालय सहायकले वडा कार्यालयको कामकाज सम्हालेको अध्यक्ष सारुले बताउनुभयो । 

जिल्लाका सबैजसो वडा, नगर र गाँउपालिकाको कार्यालयमासमेत कर्मचारीको अभाव हुँदा नागरिकका चाहाना अनुसार काम गर्न समस्या भएको जनप्रतिनिधिहरुको गुनासो छ । 


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया