सीके राउतसँगको सहमतिलाई लिएर रिमाल र रावलको ट्वीटरमा जुहारी

 फागुन २७, २०७५ सोमबार ११:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मधेसमा पृथकतावादी अभियान चलाउँदै आएका सीके राउतसँग सरकारले गरेको सहमतिलाई लिएर सत्तारुढ दलकै नेताहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । 

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले गरेको सहमतिको विरोध गर्नेहरुलाई कवितामार्फत नै व्यंग्य गर्नुभएको छ ।  

सहमतिमा नेताहरुले गल्ती नै गरेको भए पनि देश बचाउन एक से एक नेताहरु छन् भन्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत व्यंग्य गर्नुभएको हो । 

आफ्नै पार्टीका नेता भिम रावलप्रति लक्षित गर्दै रिमालले उहाँहरु जन्मनुअघि यो देश कसरी जोगियो होला यो सम्झिँदा झनै आङ सिरिङ्ग हुन्छ भन्दै आश्चर्य पनि व्यक्त गर्नुभएको छ ।  

 

सहमतिलाई लिएर नेता भिम रावलले कडा टिप्पणी गर्नुभएको थियो । नेता रावलले पनि रिमाललाई जवाफ दिँदै ट्वीटरमा लेख्नुभएको छ, ‘देश टुक्र्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौँ, तराई विभाजन गर्ने षड्यन्त्रबाट सचेत हौँ ।’

 

सहमतिमा उल्लेख भएको ‘जनअभिमत’ भन्ने शब्दको पार्टीभित्रबाटै चर्को विरोध भइरहेका बेला नेताहरु सामाजिक सञ्जालमा नै आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।   

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया