सरकारले विज्ञापन नदिएको विरोधमा कश्मीरी अखबारले खाली छाडे फ्रन्ट पेज

 फागुन २७, २०७५ सोमबार १४:३७:५० | एजेन्सी
unn.prixa.net

कश्मीर राज्यका ठूला अखबारले सरकारद्वारा विज्ञापन नदिएको भन्दै विरोध गरेका छन् । ग्रेटर कश्मीर र कश्मीर रिडर अखबारले बिना कुनै स्पष्ट कारण राज्यद्वारा विज्ञापन दिन बन्द गरेकाे भन्दै आफ्नो पत्रिकाको फ्रन्ट पेज नै खाली गरेका हुन् ।

जम्मू-कश्मीर सरकारद्वारा कुनै कारण स्पष्ट नगरी दुई अखबारलाई विज्ञापन नदिएकाे विराेधमा कश्मीर घाटीमा प्रकाशन हुने अन्य अखबारले पनि आफ्नो पहिलो पेज खाली छोडेका छन् ।

गएकाे महिना कश्मीरका स्थानीय पत्रिकाका सम्पादकहरुको समूह, एडिटर्स ग्रेटर गिल्ड (केईजी)ले राज्य सरकारले घाटीका दुई प्रमुख स्थानीय अखबारलाई विज्ञापन नदिएकाे  दाबी गरेका थिए । विराेध गर्दै यहाँका अंग्रेजी र उर्दू अखबारले आइतबार आफ्नो पहिलो पेज खाली राखेका छन् ।

पहिलो पेजमा केईजीको सूचना छापिएको छ, जसमा सरकारद्वारा बिना स्पष्ट कारण ग्रेटर कश्मीर र कश्मीर रिडरलाई विज्ञापन दिन अस्वीकार गरेको विरोधमा लेखिएको छ ।

केईजीका एक प्रवक्ताले भनेका छन्, ‘ मिडियालाई बर्बाद गर्ने सरकारको यस कदमको विरोध गर्न शनिबार हामीले यस्तो निर्णय गरेका हौँ ।’ 

गिल्डले जम्मू-कश्मीरका सूचना निर्देशकले मौखिक जानकारी दिँदै सरकारले यी अखबारलाई विज्ञापन नदिने निर्णय गरेको बताएका छन् । यस प्रकारको हस्तक्षपले पत्रकारितालाई प्रभावित पार्ने भन्दै यो निर्णय लोकतन्त्रको विरुद्धमा भएको बताएका छन् । 

हुन त यो पहिलो घटना भने होइन । कुनै मुद्धामा अखबारले सरकारसँग असहमति जनाउँदा पहिले पनि सरकारले अखबारलाई विज्ञापन दिन रोक लगाउने गरेको थियो । तर सरकारको यस्तो निर्णयको विरोध गर्न पुरै कश्मीर घाटीका अखबारहरु एकजुट भएको भने यो पहिलो पटक हो ।
    
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया