नेपाल आउने पर्यटकको घुइँचो, फेब्रुअरीमा मात्रै आए १ लाख २४ हजार पर्यटक

 फागुन २७, २०७५ सोमबार १६:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सन् २०१९ को दोस्रो महिना अर्थात फेब्रुअरीमा नेपालमा एक लाख २४ हजार चार सय २१ जना पर्यटक नेपाल घुम्न आएका छन् । 

गएको महिनामा ९७ हजार ६ सय ९४ पर्यटक हवाई मार्गमार्फत र २६ हजार सात सय २७ जना पर्यटक स्थल मार्ग भएर नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गएको वर्षको फेब्रुअरी महिनामा नेपाल आएको पर्यटकको संख्याभन्दा ३९ प्रतिशतले धेरै रहेको पनि बोर्डले जनाएको छ । 

सन् २०१८ को फेबु्रअरीको तुलनामा यो फेब्रुअरीमा भारतबाट नेपाल आउने पर्यटक झण्डै दोब्बरले बढेका छन् । सार्क देशबाट पछिल्लो महिनामा ३१ हजार ८ सय ३१ पर्यटक नेपाल आएका छन्, जुन पोहोरको फेब्रुअरीको तुलनामा ८५ प्रतिशतले धेरै हो । 

यस्तै पछिल्लो महिनामा १६ हजार २ सय ५ चिनियाँ पर्यटक नेपाल आएका छन् । गएको बर्षको तुलनामा थाइल्याण्डबाट नेपाल आउने पर्यटकको संख्या एक सय नौ प्रतिशतले बढेको छ, यस्तै जापानबाट २० प्रतिशत र कोरियाबाट ४७ प्रतिशत धेरै पर्यटक फेब्रुअरीमा नेपाल आएका छन् । 

यस्तै युरोपेली देशबाट नेपाल आउने पर्यटक पनि बढेका छन् । गएको महिना बेलायतबाट  पाँच हजार दुई सय ६८, जर्मनीबाट तीन हजार तीन सय ४० र फ्रान्सबाट एक हजार नौ सय ७८ पर्यटक नेपाल आएका छन् । तुलनात्मक हिसाबले यो संख्या गएको वर्षको फेब्रुअरीको भन्दा सरदरमा आठ प्रतिशतले धेरै हो । 

तथ्याङ्कमा हेर्नुहाेस् : कुन देशबाट कति पर्यटक भित्रिए यस्तै अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या पोहोरको फेब्रुअरीको तुलनामा पाँच प्रतिशतले बढेर सात हजार एक सय ३३ पुगेको छ । यस्तै अष्ट्रेलियन पर्यटक दुई हजार नौ सय ७८ पुगेका छन् ।

गएको फेब्रुअरीको तुलनामा यो फेब्रुअरी महिनामा झण्डै ४० प्रतिशत पर्यटक बढ्नु पर्यटन क्षेत्रको लागि निकै खुशीको कुरा भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताउनुभयो ।

‘नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्राउनको लागि यो संख्याले थप उर्जा मिलेको छ’, जोशीले भन्नुभयो ।

कुन देशबाट कति पर्यटक आए ?


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया