पीएसएल : लाहोर कलन्दर्सले मुल्तान सुल्तान्सलाई दियाे १४१ रनको लक्ष्य

 फागुन २७, २०७५ सोमबार १६:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तान्सलाई १४१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको हो ।

लाहोरका लागि फकार जमानले ५३ रन बनाउँदा डेभिड वाइजले ३० रनको योगदान दिए । एस्ले गुणारत्नेले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुल्तानका लागि मोहमद अब्बासले ३ तथा साहिद अफ्रिदीले २ विकेट हात पारे ।

दुवै टिम प्रतियोगितबाट बाहिरिएकाले अन्तिम खेलमा सुखद् नतिजा निकाल्दै प्रतियोगितबाट विश्राम लिने लक्ष्यमा रहेका छन् । सुरुवाति तीन खेल गुमाएका सन्दीप जारी लिगमा आज सातौं खेल खेल्दैछन् । उनले अहिलेसम्मका छ खेलमा ११ विकेट लिइसकेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया