भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
भारतको बिहार राज्यको छपरामा रक्सी पिएर बेहुलाले मण्डपमा होहल्ला गर्न खोज्दा बेहुलीले बिहे गर्न अस्वीकार गरेकी छिन् ।
बेहुला रक्सी पिएर मण्डपमा आए र सबैसँग असामान्य व्यवहार गर्न थालेपछि बेहुली रिंकी कुमारीले विवाह गर्न अस्वीकार गरेकी हुन् ।
बेहुला बिहेका अन्य संस्कार पनि ठिकसँग गर्न सकिरहेका थिएनन् । बेहुलीले सुरुमै शंका गरे पनि उनी सहेर बसेकी थिइन् तर पछि बेहुला झनै बढी मात्तिन थालेपछि उनी मण्डपबाट उठेर बाहिर आइन् ।
बेहुला नशामा यतिसम्म डुबेको थियो किउ राम्रोसँग उभिन पनि सकिरहेको थिएन । बेहुलाकाे यस्ताे अवस्था देखेपछि बेहुली र उनका परिवारले बिहे नगर्ने निर्णय गरे ।त्यसपछि बेहुलाले विवाह नगरिकनै खाली हात घर जानुपरेको थियो ।
Reeta
March 12, 2019, 5:18 a.m.Very well done girl.