राष्ट्रव्यापी साइकल यात्रामा निस्किए खोटाङका कर्ण श्रेष्ठ

 फागुन २७, २०७५ सोमबार २०:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले राष्ट्रव्यापी साइकल यात्रा सुरु गर्नुभएको छ । 

जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पु¥याउने लक्ष्यका साथ श्रेष्ठले सोमबारदेखि राष्ट्रव्यापी साइकल यात्रा सुरु गर्नुभएको हो । 

प्रचुर सम्भावना बोकेको भए पनि ओझेलमा रहेका त्रि–धार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँलगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारमा श्रेष्ठले जिल्ला समन्वय समितिको प्रांगणबाट साइकल यात्रा थाल्नु भएको हो । 

साइकल यात्री श्रेष्ठलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका सदस्य चर्च बिश्वर्मा, नेकपा नेता राम दंगाल, दिपक पाण्डे, नयाँ शक्ती खोटाङका इन्चार्ज सूर्य राईलगायतले यात्राको सफलताको कामना गर्दै बिदाई गर्नुभएको छ । आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचारविरुद्ध समेत हुने श्रेष्ठले बताउनुभयो । 

यात्रा सुरु गर्नुअघि जिससको सभाहलमा भएको साइकल यात्रा उद्घाटन कार्यक्रममा यात्री श्रेष्ठले प्रकाशन गरेको ‘खोटाङको प्राकृतिक सम्पदा’ नामक पुस्तक विमोचन गरिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया