दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘ब्ल्याक बक्स’ भेटियो

 फागुन २७, २०७५ सोमबार १९:३६:९ | रासस
unn.prixa.net

आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन् । 

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो । 

इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्विटर पेजमा लेखेको छ, 'इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।' 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया