सीके राउतलाई कारबाही गर्न राप्रपा अध्यक्ष कमल थापाको माग

 फागुन २८, २०७५ मंगलबार ११:५३:० | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गर्नुभएको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताउनुभयो ।

सीके राउतसँग भएको ११ बुदे सम्झौता विरोधाभाषपूर्ण, रहस्यमयी र अमूर्त रहेको उहाँको भनाई छ । सीके राउत सामाजिक सञ्जालमा प्रचार गर्ने विषय र जनकपुरको प्रदर्शनले सम्झौता रहस्यमयी भएको पुष्टि भएको अध्यक्ष थापाको दावी छ । 

वाइडबडी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षी दुबैको संलग्नता रहेको पनि उहाँको आरोप छ । वाइडबडी जहाज प्रकरणमा कांग्रेसको सम्लग्नता छैन भने किन ससक्त विरोध गर्न नसकेको भन्दै उहाँले प्रश्न गर्नुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया