बंगलादेशी क्रिकेटर मोश्रफ होसेनलाई ब्रेन ट्यूमर

 फागुन २८, २०७५ मंगलबार १४:७:५२ | एजेन्सी
unn.prixa.net

बंगलादेशी स्पिनर मोश्रफ होसेन रुबेललाई ब्रेन ट्यूमर भएको छ । मोश्रफ अहिले आफ्नो थप उपचारका लागि सिंगापुर जाने प्रक्रियामा रहेका छन् । 

केही दिनअघि ढाका अस्पतालमा जाँचका क्रममा उनलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो । मोश्रफले आफूलाई चिकित्सकले अपरेसन गर्न सल्लाह दिएको र छिट्टै नै सिंगापुर जाने तयारीमा रहेको बंगलादेशी सञ्चार माध्यमलाई जनाएका छन् । 

मोश्रफका अनुसार उनको उपचारका लागि झण्डै ४० लाख बंगलादेशी टका(झण्डै ५० हजार अमेरिकी डलर) लाग्नेछन् । 

मोश्रफले बंगलादेशका लागि ५ ओडीआई क्रिकेट खेलेका छन् । घरेलु क्रिकेटमा १९२ खेलबाट उनले ३९० विकेट लिनुका साथै तीन  हजार रन बनाएका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया