युरोपियन युनियनको कालोसूचीमा थप १० देश

 फागुन २९, २०७५ बुधबार ६:५९:१२ | एजेन्सी
unn.prixa.net

युरोपियन युनियनले करको कारण कालोसूचीमा रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ ।

संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । 

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपर्स र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो । 

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा, फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया